बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एनपीएल : काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले हरायो

एनपीएल : काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले हरायो

images
२०८२ मंसिर १ गते, सोमवार
२०८२ मंसिर १ गते, सोमवार
  • काठमाडौं। नेपाल प्रीमियर लिगको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई हराएको छ।

    images

    एनपीएलको सोमबार उद्घाटन भएको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

    images

    एनपीएलको यो दोस्रो संस्करण हो। पहिलो संस्करणमा जनकपुर विजेता बनेको थियो। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक बनाउने पहिलो खेलाडी आशिफ शेख बनेका छन्।

    उनले काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक बनाएका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे। ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भएका हुन्।

    नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend