बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नयाँ दल दर्ताका लागि मंसिर ६ सम्म समय थप, आइतबारसम्म १२२ दल कायम

नयाँ दल दर्ताका लागि मंसिर ६ सम्म समय थप, आइतबारसम्म १२२ दल कायम

images
२०८२ कार्तिक ३० गते, आइतवार
२०८२ कार्तिक ३० गते, आइतवार
  • काठमाडौं। निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि समय थप गरेको छ।

    images

    निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म दल दर्ताका लागि समय दिएको थियो। तर अझै केही दलले दर्ताका लागि समय मागेपछि आयोगले मंसिर ६ गतेसम्मका लागि समय थप गरेको हो।

    images

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नयाँ दल दर्ताका लागि मंसिर ६ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ।

    यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो। आयोगले दल दर्ता सकिएपछि निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि पुन: मंसिर १ देखि ७ गतेसम्म आयोगमा दल दर्ता गराउन भनेको थियो।

    निर्वाचन कानुन अनुसार आयोगमा दल दर्ता हुनु र निर्वाचन प्रयोजनका लागी दल दर्ता गरिनु फरकफरक पाटो हो। अर्थात आयोगमा दर्ता भएका जुनसुकै राजनीतिक दलले पनि निर्वाचन प्रयोजनका लागि पुन: दल दर्ताका लागि आयोगमा निवेदन दिनु पर्दछ।

    आयोगमा पहिले नै दर्ता भएका तर निर्वाचनमा सहभागी हुन्छौं भनेर निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन नदिएका दलहरूले भने निर्वाचनमा भाग लिन पाउदैनन्।

    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि अहिले धमाधम काम गरिरहेको छ।

    आयोगमा आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको प्रवक्ता भट्टराईले जानकारी दिए। उनका अनुसार सरकारले चुनाव घोषणा गरेपछि आयोगमा ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् भने यसअघि दर्ता भएका ७ दल खारेज पनि भएका छन्। यस्तै २८ वटा दल दर्ता प्रक्रियामा रहेका छन्। ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको आयोगले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend