काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिमा विवरण पठाउन मातहतका निकायलाई पुन: निर्देशन दिएको छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन भएको र कार्यविधि बमोजिम वर्गीकरण कार्य सम्पन्न गरि कात्तिक २५ सम्म विवरण पठाउन मन्त्रालयले पत्राचार गरिसकेको भन्दै सोही अनुसार गर्न भनेको हो।
`जिल्लास्थित अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालय प्रमुखहरूलाई आवश्यक सहयोग र समन्वय आह्वान गर्दछौं।´ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।




