बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

उर्जामन्त्री घिसिङलाई बर्खास्त गर्न जेन- जी मुभमेन्टको माग

उर्जामन्त्री घिसिङलाई बर्खास्त गर्न जेन- जी मुभमेन्टको माग

images
२०८२ कार्तिक २५ गते, मंगलवार
२०८२ कार्तिक २५ गते, मंगलवार
  • काठमाडौं। उर्जा जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई तत्काल पदबाट बर्खास्त गर्न जेन-जी मुभमेन्ट नेपालले माग गरेकाे छ।

    images

    विजय साह प्रवक्ता रहेकाे सो समूहले मंगलबार वक्तव्य जारी गर्दै यस्ताे माग अघि सारेकाे हाे।

    images

    नेपाललाई ४३ कराेड नाेक्सान हुनेगरी भारतकाे पीटीसी इन्डीया कम्पनीसँग विद्युत खरिद सम्झाैता गरेकाे समूहकाे आराेप छ।

    साे प्रक्रियामा सेटिङ गरेकाे भन्दै नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक मनाेज सिलवाललाई पनि तत्काल निलम्बन गरिनुपर्ने वक्तव्यमा भनिएकाे छ।

    उनीहरुविरुद्ध तत्काल अख्तियारमार्फत् मुद्दा अघि बढाउन जेन-जी मुभमेन्ट नेपालकाे माग छ।

    `राष्ट्रघाती सम्झाैतामा संलग्नहरुलाई जेल हाल्न र राज्यका सम्पति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्नुपर्छ,´ वक्तव्यमा भनिएकाे छ। अन्यथा कठाेर संघर्षमा उत्रिने समूहले चेतावनी दिएकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend