बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चिसिँदै काठमाडौं, तापक्रम १० डिग्रीभन्दा तल झर्यो

चिसिँदै काठमाडौं, तापक्रम १० डिग्रीभन्दा तल झर्यो

images
२०८२ कार्तिक २५ गते, मंगलवार
२०८२ कार्तिक २५ गते, मंगलवार
  • काठमाडौं। पछिल्ला केही दिनयता काठमाडौंमा चिसो बढेको छ। काठमाडौंसहित देशभरको तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकले देखाउँछ।

    images

    मंगलबार (कात्तिक २५) गते बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन भएको छ।

    images

    यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो। अर्थात् यसवर्ष काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको यो पहिलो पटक हो।

    महाशाखाका अनुसार सो तापक्रम गत आइतबार ११.४ र सोमबार १०.६ डिग्री सेल्सियस थियो। मंगलबार बिहान सबैभन्दा कम तापक्रम जुम्लामा २.६ मापन भएको छ।

    मंगलबार दिउँसो भने काठमाडौंको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस पुग्नसक्ने महाशाखाको पूर्वानुमान छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend