बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मन्त्री परिषद् निर्णय : मधेसको प्रदेश प्रमुख जिम्मेवारीमुक्त, प्रहरी प्रमुखको जिम्मेवारी कार्कीको काँधमा

मन्त्री परिषद् निर्णय : मधेसको प्रदेश प्रमुख जिम्मेवारीमुक्त, प्रहरी प्रमुखको जिम्मेवारी कार्कीको काँधमा

images
२०८२ कार्तिक २४ गते, सोमवार
२०८२ कार्तिक २४ गते, सोमवार
  • काठमाडौं। सरकारले मधेस प्रदेशका प्रदेश प्रमुखलाई जिम्मेवारीमुक्त गर्नेदेखि राष्ट्रपति समक्ष नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने तथा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्मको निर्णय गरेको छ।

    images

    सोमबार बसेको मन्त्री परिषद् बैठकमार्फत सरकारले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्री परिषद बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिए।

    images

    यसैगरी उनले बैठकले नयाँ प्रदेश प्रमुखमा धर्मेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिए।

    यस्तै मन्त्री परिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको पनि जानकारी दिए। कात्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

    यसैगरी मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ भने भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ।

    कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन बैठकले स्वीकृति दिएको छ।

    यसैगरी सरकारले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ भने २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend