बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गृह जिल्ला पुग्यो अफताब आलमको शव

गृह जिल्ला पुग्यो अफताब आलमको शव

images
२०८२ कार्तिक २२ गते, शनिवार
२०८२ कार्तिक २२ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव उनको गृह जिल्ला रौतहट पुर्याइएको छ।

    images

    काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उनको शनिबार विहान निधन भएको थियो।  उनी उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि सो अस्पतालमा लामो समयदेखि उपचाररत थिए भने केहि दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।

    images

    उनको पार्थिव शरीरलाई अन्त्यस्टीका लागी गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा लगिएको हो। उनी २०५६ र २०६४ मा सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनको निधनले गाउँ शोकमा डुबेको छ।

    आलमको आजै मुस्लिम परम्परा अनुसार अन्त्यष्टी गरिने पारिवारिक स्रोतले बताएको छ। उनका दुई छोरा र एक छोरी छन्। जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन्। राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन्।

    आलम रौतहटको राजपुरमा भएको बम विस्फोट प्रकरणमा संलग्न रहेको आरोपमा करिब ६ वर्ष जेलमा रहेका थिए। गत जेठमा उच्च अदालतले आदेश जारी गर्दै उनीसहित केही आरोपीहरूलाई रिहा गरेको थियो। अझै पनि सो मुद्दाको अन्तिम टुंगो लाग्न बाँकि छ। सो घटना २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend