बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तीन दिनभित्र देश फर्किन राजदूतहरुलाई परराष्ट्रकाे निर्देशन

तीन दिनभित्र देश फर्किन राजदूतहरुलाई परराष्ट्रकाे निर्देशन

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। परराष्ट्र मन्त्रालयले कात्तिक २० गतेभित्र नेपाल फर्किन ११ देशका राजदूतहरुलाई निर्देशन दिएकाे छ।

    images

    मन्त्रालयले साेमबारपत्राचार गर्दै ११ देशका राजदूत फिर्ता बाेलाएकाे हाे। जसमा चिन, जर्मनी , मलेसिया, कतार, इजरायल, रुस, साउदी अरब, स्पेन, युके, जापान र अमेरिकी राजदूत छन्।

    images

    नेपाल फर्किन यसअघिकै टिकट प्रयाेग गर्न पनि मन्त्रालयकाे आदेश छ। फर्किएर मन्त्रालयमा सम्पर्कमा आउन तीन दिनकाे म्याद दिइएकाे सूचनामा उल्लेख छ।

    स्वदेश फर्किएपछि मन्त्रालयमा हाजिर हुन पनि राजदूतहरुलाई पत्रमा आग्रह गरिएको छ।

    सर्वोच्च अदालतले भने सरकारको राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले सरकारको सो निर्णय पक्षपातपुर्ण र कुनै ठोस आधारबिना गरिएको भनेको थियो।

    तर सर्वोच्चको सो आदेशपछि पनि सरकारले राजदूतहरुलाई फिर्ता आएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो।

    पत्रमा यस्तो छ:

    “महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय) भएको बेहोरा जानकारी एवम् आवश्यक कार्यार्थ अनुरोध छ। साथै, नेपाल आउनका लागि महामहिमज्यूको नाममा यस अघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुनसमेत सोही निर्णयअनुसार सादर अनुरोध छ।”

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend