बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

यी चार प्रदेशमा आज हिमपातको सम्भावना, तराईमा वर्षा

यी चार प्रदेशमा आज हिमपातको सम्भावना, तराईमा वर्षा

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएको छ।

    images

    महाशाकाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको हो। यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखा बताउँछ।

    images

    यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend