बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भिजिट भिसामा विदेश जान अब खुकुलो, अध्यागमनमा चारवटा कागजात बुझाए हुने

भिजिट भिसामा विदेश जान अब खुकुलो, अध्यागमनमा चारवटा कागजात बुझाए हुने

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • काठमाडौं। अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूको कागजात प्रक्रिया खुकुलो बनाएको छ। विभागले शुक्रबार विज्ञप्ति जारी गरि भिजिट भिसामा विदेश जाने यात्रुले चारवटा मात्रै कागजात बुझाए पुग्ने जानकारी दिएको हो।

    images

    त्यस्ता यात्रुले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको भिसा (अनअराइभल भए भिसा नचाहिने), प्रस्थान गर्ने गन्तव्य सम्मको हवाइ टिकट देखाउनुपर्नेछ। साथै आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यहोराको स्वःघोषणा पत्र पनि अध्यागमनमा देखाउनुपर्नेछ ।

    images

    नयाँ व्यवस्था लागू गरिएसँगै यसअघि २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड तथा विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ ।

    यसअघि लागू गरिएको ६ बुँदे मापदण्डमा दुईतर्फी टिकट, होटेल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण खुल्ने कागजात, ५ सय डलर अनिवार्य रूपमा साथमा हुनुपर्ने,६ महिना अवधि भएको वैध राहदानी, वैध भिसा लगायतका कडा प्रावधान थिए। जसका कारण अनेक कागजात जुटाउन बिचौलिया प्रयोग हुँदा यात्रु मारमा पर्ने गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend