बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सबैजसो सहरमा बर्षा, तापक्रम १ डिग्रीसम्म झर्नसक्ने

सबैजसो सहरमा बर्षा, तापक्रम १ डिग्रीसम्म झर्नसक्ने

images
२०८२ कार्तिक १३ गते, बिहिवार
२०८२ कार्तिक १३ गते, बिहिवार
  • काठमाडौं। बिहीवार दिउँसो देशका सबैजसो सहरमा वर्षा भइरहेको छ।

    images

    बंगालको खाडीबाट भित्रिएको चक्रवात `मोन्था´ को असरले आगामी शनिवारसम्म बर्षा गराउनसक्ने जल तथा मौसम पूर्वानुमान महाशखााले जनाएको छ।

    images

    `मोन्था´ को असर देखिनसक्ने भन्दै महाशाखाले गण्डकी प्रदेशका सबै जिल्लामा सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार रुपन्देही , नवलपरासी, गोरखा हुँदै मधेश र कोसी प्रदेशमा मोन्थाको प्रभाव सर्दै जानेछ। जसका कारण भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

    क्रमश: पूर्वतिर सर्दै जाने यो प्रणालीले १५ गते आगामी शनिवारसम्म बर्षा हिमपात गराउनसक्ने महाशाखाको पूर्वानुमान छ।

    यस्तै बिहीवार राति सबैभन्दा कम तापक्रम जोमसोममा एक डिग्री सेल्सिससम्म पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ।

    काठमाडौंमा बिहीवार राति थप बर्षा हुने र तापक्रम १२ देखि १४ डिग्रीसम्म रहने महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend