बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री निवासमा त्रिपक्षी बैठक, जेन-जीहरु कोको गए?

प्रधानमन्त्री निवासमा त्रिपक्षी बैठक, जेन-जीहरु कोको गए?

images
२०८२ कार्तिक १२ गते, बुधवार
२०८२ कार्तिक १२ गते, बुधवार
  • काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सरकार, राजनीतिक दल र जेन–जी समूहबिचको त्रिपक्षीय बैठक सुरु भएको छ।

    images

    प्रधानमन्त्री शुशिला कार्कीको आहवानमा सुरु भएको बैठकमा राष्ट्रिय मान्यता प्राप्त दल र जेन–जी का अगुवा युवाहरुलाई डाकिएको छ। 

    images

    छलफलमा जेन–जीका तर्फबाट १३ जना सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार जेन–जीका तर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

    यसअघि प्रधानमन्त्री कार्कीले गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल गरेकी थिइन्।

     

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend