बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हिमपातमा फँसेका विदेशीसहित १५०० पर्यटकलाई सेनाले गर्यो उद्धार

हिमपातमा फँसेका विदेशीसहित १५०० पर्यटकलाई सेनाले गर्यो उद्धार

images
२०८२ कार्तिक १२ गते, बुधवार
२०८२ कार्तिक १२ गते, बुधवार
  • काठमाडौं। नेपाली सेनाले हिमपात प्रभावित विदेशी पर्यटक सहित नेपाली नागरिकहरुको उद्धार गरेको छ।

    images

    सेनाले मनाङ्ग जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा कात्तिक १० गतेदेखि भएको भारी हिमपातका कारण फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जना नागरिकहरुलाई उद्धार गरेको हो।

    images

    मनाङ्ग स्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले पर्यटक हरुलाई स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ।

    कतिपय पर्यटकलाई सेनाले स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल समेत पुर्याएको छ।

    यसैगरी सेनाले ती स्थानमा अबरुद्ध भएका सडक खुलाउन पनि निरन्तर प्रयास गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend