बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कोसी,बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुनसक्ने, अन्यत्र माैसम कस्ताे ?

कोसी,बाग्मती र गण्डकी प्रदेशमा वर्षा हुनसक्ने, अन्यत्र माैसम कस्ताे ?

images
२०८२ कार्तिक १२ गते, बुधवार
२०८२ कार्तिक १२ गते, बुधवार
  • काठमाडौं। विगत दुई दिनयता नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदै आएकाे छ। जसका कारण हिमाली भेगमा हिमपातका साथै अन्य भेगकाे तापक्रम पनि उल्लेखनीय रुपमा घटेकाे छ।

    images

    जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधवार दिउँसो देशभर माैसम सफा रहने छैन। दिउँसो काेसी , बाग्मती , गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया माैसम बदली रहनेछ।

    images

    तराई भू-भागमा पनि आंशिक बदली रहनेछ। कोशी , बाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    यसैगरी बुधवार राति पनि देशभरकाे माैसम आंशिक बदली  रहने छ। कोशी, बाग्मती  र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार बिहीवार दिउँसोदेखि भने नेपालमा बंगालकाे खाडीबाट भित्रिने चक्रवात 'माेन्था' काे प्रभाव रहनेछ।

    यसले काेसी र तराई प्रदेशका केही स्थानमा भारी वर्षा गराउनसक्छ। यसकाे प्रभाव भने शनिवारसम्म रहने महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend