बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले कार्तिक २६ भित्र निवेदन दिनु पर्ने

निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले कार्तिक २६ भित्र निवेदन दिनु पर्ने

images
२०८२ कार्तिक ११ गते, मंगलवार
२०८२ कार्तिक ११ गते, मंगलवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ।

    images

    मंगलबार निर्वाचन आयाेगले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न आह्वान गरेकाे हो।

    images

    पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाहरूको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिनु पर्ने छ।

    अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि निवेदन दिँदा observer@election.gov.np मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्नेछन्। निवेदनको नमुना www.election.gov.np बाट डाउनलोड गर्न सकिने आयाेगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend