बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

यी तीन प्रदेशमा भारी वर्षा र हिमपातको संभावना, देशभर मौसम बदली

यी तीन प्रदेशमा भारी वर्षा र हिमपातको संभावना, देशभर मौसम बदली

images
२०८२ कार्तिक ११ गते, मंगलवार
२०८२ कार्तिक ११ गते, मंगलवार
  • काठमाडौं। आज देशभरको मौसममा अकस्मात बदली देखा परेको छ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    images

    यसैगरी बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज दिउसो भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ।

    यसैगरी आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ। 

    गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

    आज राती बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend