काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवा सिंगापुर प्रस्थान गर्दैछन्।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा आक्रमणमा परी देउवा दम्पती घाइते भएका थिए। उनीहरू थप उपचारका लागि सिंगापुर प्रस्थान गर्न अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका छन्।
उनीहरू सर्वसाधारणकौ लाइनमा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका छन्। देउवा निकट स्रोतका अनुसार आज राति ११:२० को सिंगापुर एयरलाइन्सको जहाजमार्फत देउवा दम्पती सिंगापुर प्रस्थान गर्दैछन्।
यसअघि उनीहरूलाई नेपाली सेनाले छाउनीस्थित सैनिक अस्पतालमा लगेर उपचार गरेको थियो। आक्रमणमा परी देउवा दम्पती सख्त घाइते थिए। उनीहरूलाई सेनाले हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याएको थियो।



