काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा नियुक्त मन्त्री सुधा गौतम र बब्लु गुप्तालाई शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराएका हुन्।
नव नियुक्त मन्त्री गौतमले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।



