काठमाडौं। राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सपथ आज दिउँसो २:३०बजे गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा नाम पठाइसकेकी छिन्।
प्रधानमन्त्री कार्कीले आइतबार चार मन्त्रीलाई सरकारमा भित्राउँदै छिन्।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. सुधा गौतमलाई ल्याउन लागिएको छ। यस्तै अभियनता खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तयारी छ।
यसैगरी गणपतिलाल श्रेष्ठलाई पर्यटन र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय दिने तय भएको छ।



