काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले आइतबार चार मन्त्रीलाई सरकारमा भित्राउन लागेकी हुन्। बालुवाटार स्रोतका अनुसार चारैजनाको नाम टुंगिएको छ।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. सुधा गौतमलाई ल्याउन लागिएको छ। यस्तै अभियनता खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तयारी छ।
यसैगरी गणपतिलाल श्रेष्ठलाई पर्यटन र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय दिने तय भएको छ।
नयाँ बन्ने मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरी पठाइसकिएको छ।



