बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आजबाट छठ सुरु, कुन दिन के हुन्छ?

आजबाट छठ सुरु, कुन दिन के हुन्छ?

images
२०८२ कार्तिक ८ गते, शनिवार
२०८२ कार्तिक ८ गते, शनिवार
  • काठमाडौं। सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि सुरु भएको छ। आज ‘नहाय-खाय’ खाएर छठ विधिवत रूपमा सुरु भएको हो।

    images

    कठोर उपासना सहित छठको व्रत गर्नेहरु पहिलो दिन ‘नहाय-खाय’ खाने गर्दछन। आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।

    images

    पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) साँझ खरना खाने गर्दछन। ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गर्ने परिकारलाई खरना भनिन्छ। यो छठको विधि हो।

    यसैगरी तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ।

    यस्तै अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ। सो दिनलाई ‘पारन’ भनिन्छ।

    छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ। त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।

    अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ। त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। 

    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend