बिरगंज। तिहार सकिएसँगै तराई मधेश लगायत देशभर छठ पर्वको रौनक सुरु भएको छ।
केही वर्षयता देखि छठ पर्वलाई पहाडी क्षेत्रमा समेत हर्सोल्लासका साथ मनाइने गरिएको छ। सुर्य भगवानलाई विशेष महत्वका साथ पुजा गरी मनाइने छठ पर्वलाई उपासनाका दृष्टिकोणबाट कठोरसमेत मानिन्छ। यो पर्वमा व्रतालुले चोखो खाएर छठी मैयाको पुजा आरधना गर्ने गर्दछन।
छठ पर्वमा नदी, तलाउ, पोखरी लगायतका आफुलाई पायक पर्ने स्थानमा गएर उपासना गरिन्छ। अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर रातभर जागाराम बस्दै उदाउँदो सुर्यलाईसमेत अर्घ्य दिएपछि छठ पर्व समापन भएको मानिन्छ।
छठका लागि अहिले पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ।श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत गर्ने, बत्ती र सजावट गर्ने काम धमाधम भइरहेको छ।



