बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दिदीबहिनी तथा दाजुभाई नहुनेहरु बालगोपालेश्वरमा भाईटीका लगाउँदै

दिदीबहिनी तथा दाजुभाई नहुनेहरु बालगोपालेश्वरमा भाईटीका लगाउँदै

images
२०८२ कार्तिक ६ गते, बिहिवार
२०८२ कार्तिक ६ गते, बिहिवार
  • काठमाडौं। दिदीबहिनी तथा दाजुभाई नहुनेहरुका लागि टीका लगाउन आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला भएको छ।

    images

    यो मन्दिर वर्षको एकदिन भाईटीकाका दिनमा मात्र खुल्ने गर्दछ। काठमाडौंमा दिदिबहिनी नहुने दाजुभाईहरु तथा दाजुभाई नहुने दिदिबहिनीहरु बालगोपालेश्वर मन्दिरमा गएर भाइटीका लगाउने गर्दछन। उक्त मन्दिरमा आज बिहानैदेखि भिड लागेको छ।

    images

    प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीलाई शोक मुक्त गराउँदै भुलाउनका लागि विसं १७२७ मा रानीपोखरी निर्माण गरिएको इतिहास छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको पाइन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend