बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री र दलहरूबिच संवाद, कोको छन् सहभागी?

प्रधानमन्त्री र दलहरूबिच संवाद, कोको छन् सहभागी?

images
२०८२ कार्तिक ४ गते, मंगलवार
२०८२ कार्तिक ४ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री शुशिला कार्कीले आगामी निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन्। 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार डाकिएको बैठकमा विघटित प्रतिनिधि सभामा रहेकामध्ये १० दलका नेताहरू सहभागी छन्।

    images

    प्रधानमन्त्रीले आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएकी हुन्। फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय बताउँछ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन् । 


    यसैगरी नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका छन् भने नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम छन्।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

    जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी भएका छन्।

    यसैगरी छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

    छलफलमा प्रधानमन्त्री कार्कीले पर्यवेक्षकका रुपमा प्रा. केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि सहभागी गराएकी छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend