बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपिनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

विपिनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

images
२०८२ कार्तिक ४ गते, मंगलवार
२०८२ कार्तिक ४ गते, मंगलवार
  • कंचनपुर। इजरायलमा हमसले बन्धक बनाएकै बखत ज्यान गुमाउन पुगेका नेपाली युवा विपिन जोशीको गृहनगर कंचनपुरमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

    images

    जोशीको शव सोमबार काठमाडौंबाट धनगढी हुँदै कंचनपुरस्थित उनको गाउँ पुर्याइएको थियो। आज मंगलबार उनको स्थानीय महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

    images

    उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएका छन्।

    भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो।

    ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका विपिनको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो। 

    उक्त आक्रमणमा १० जना निर्दोष नेपाली विद्यार्थीको पनि निधन भएको थियो। सरकारले बन्धक बनाइएका विपिनको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend