बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आँगनमा कफिनमा विपिन, गाउँमै सन्नाटा

आँगनमा कफिनमा विपिन, गाउँमै सन्नाटा

images
२०८२ कार्तिक ४ गते, मंगलवार
२०८२ कार्तिक ४ गते, मंगलवार
  • कंचनपुर। अघिल्ला वर्षहरूमा लक्ष्मी पुजा गरेर देउसीभैलो खेल्ने विपिन जोशीको घरको आगनीमा यसपटक कफिन भित्र उनको पार्थिव शरीर छ। इजरायलबाट छोरो जीवित फर्किने आशमा रहेका परिवार शोकमा छन्। आफन्त छिमेकी भावविह्वल छन्। उज्यालोको पर्व मानिने तिहारमा उनको गाउँ सन्नाटामा छ। 

    images

    सोमबार दिउँसो विपिनको शव काठमाडौंबाट सेनाको विमानमार्फत धनगढी हुँदै कंचनपुर पुर्याइएको हो। विपिनको घरमा उनको शव पुगेदेखि नै आउनेजानेकि भीड छ। उनका शुभचिन्तकदेखि विदेशी कुटनैतिक नियोगका ब्यक्तिसम्म उनको घरमा पुगेका छन्। परिवारजन पिडामा छन्।

    images

    सोमबार साँझ कोठाको एउटा कुनामा आमा, बुवा र अर्को कुनामा बहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्।  भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर भीमदत्त—३, कञ्जनपुरस्थित विपिनको एकतले घरमा ती केहीले छोएको छैन। मात्र सन्नाटा छ।

    विपिनको पार्थिव शरीरलाई आज अन्त्येष्टि गरिने बताइएको छ। आज केहीबेरमा कञ्चनपुरको महाकाली  नदी किनारमा अन्त्येष्टि गरिने छ।

     इजरायली दूतावासले शव परिवारलाई घरमै पुगेर बुझाएको हो। इजरायलको फरेन्सिक रिपोर्ट अनुसार विपिनको मृत्यु टाउकोमा गो'ली ला'गेर भएको पुष्टि गरेको छ। तर त्यसबारे नेपालको सरकारी पक्षले केही खुलाएको छैन।

    ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका विपिनको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो। 

    उक्त आक्रमणमा १० जना निर्दोष नेपाली विद्यार्थीको पनि निधन भएको थियो। सरकारले बन्धक बनाइएका विपिनको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरेको थियो।


     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend