बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाइन राष्ट्रिय झण्डा, काठमाडौंबाट गृहजिल्ला पठाइयो शव

विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाइन राष्ट्रिय झण्डा, काठमाडौंबाट गृहजिल्ला पठाइयो शव

images
२०८२ कार्तिक ३ गते, सोमवार
२०८२ कार्तिक ३ गते, सोमवार
  • काठमाडौँ । इजरायलमा हमासको कब्जामा रहेकै बेला निधन भएको दाबी गरिएका नेपाली युवा विपिन जोशीको शवलाई नेपाल ल्याएर उनको गृहनगर पठाइएको छ।

    images

    सोमबार दिउँसो २:३५ बजे विपिनको पार्थिव शरीर फ्लाइ दुबईको विमानमार्फत काठमाडौँ ल्याइएको थियो।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

    अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री कार्कीले विपिन देशका सबै आमाहरूको सन्तान भएको भन्दै उनीप्रति राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिन। सो क्रममा प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमासमेत गहिरो समवेदना व्यक्त गरेकी छन्। 

    शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव, परराष्ट्र सचिव, नेपालका लागि इजरायली राजदूत लगायतका विशिष्ट ब्यक्तिहरु सहभागी थिए।

    विपिनको शव आजै विमानबाट धनगढी पठाइएको छ भने धनगढीबाट कञ्चनपुरस्थित उनको घरमा पुर्‍याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि बन्धक बनाइएका उनको निधनको जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो। 

    उक्त आक्रमणमा १० जना निर्दोष नेपाली विद्यार्थीको पनि निधन भएको थियो। सरकारले बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि हरसम्भव प्रयास गरेको मन्त्रालयले जानकारी दिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend