बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन सुरक्षा योजना बन्दै, टुंगिपछि सबै जिल्लामा पठाइने

निर्वाचन सुरक्षा योजना बन्दै, टुंगिपछि सबै जिल्लामा पठाइने

आज बैठक

images
२०८२ कार्तिक २ गते, आइतवार
२०८२ कार्तिक २ गते, आइतवार
  • काठमाडौं। केन्द्रीय सुरक्षा समितिले आगामी फागुनका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि बनेको निर्वाचन सुरक्षा योजना बारे छलफल गर्दै छ।

    images

    सो सम्बन्धमा आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्याल समितिका अध्यक्ष हुन्। उनले आजका लागि गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लाई बैठकमा बोलाएका छन्। उनीहरू समितिमा सदस्य छन्।

    images

    उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।

    गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। 

    गृहमन्त्री अर्यालले मन्त्रालयमा कार्यभार सम्हाल्ना साथ यो समिति गठन गरेका थिए। यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी पनि सदस्य सचिव छन्।

    यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ। 

    ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अअर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ। सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ।’

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend