बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अष्ट्रेलिया पठाइदिने भन्दै ल्याइएका भारतीय काठमाडौंमा बन्धक, दुई जना पक्राउ

अष्ट्रेलिया पठाइदिने भन्दै ल्याइएका भारतीय काठमाडौंमा बन्धक, दुई जना पक्राउ

images
२०८२ कार्तिक १ गते, शनिवार
२०८२ कार्तिक १ गते, शनिवार
  • काठमाडौं। नेपाल प्रहरीले भारतीय नागरिकलाई अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर नेपाल ल्याएर अपहरण र शरीर बन्धक बनाउने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई शुक्रबार पक्राउ गरेको हो।

    images

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई झुक्क्याएर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए।

    दुवै जनालाई सुनधाराको होटेल न्यु जोमसोमको कोठा नम्बर ६ मा बन्धक बनाएर पीडितसँग २० लाख रुपैयाँ फिरौती मागेको सूचनाका आधारमा शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend