बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सेनाले भन्यो : जेन-जी आन्दोलनमा ६१ भीआईपीसहित २१३ जनाको उद्धार

सेनाले भन्यो : जेन-जी आन्दोलनमा ६१ भीआईपीसहित २१३ जनाको उद्धार

images
२०८२ आश्विन ३१ गते, शुक्रवार
२०८२ आश्विन ३१ गते, शुक्रवार
  • काठमाडौं। नेपाली सेनाले भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ६१ जना भीआईपीसहित २१३ जनालाई उद्धार गरिएको बताएको छ।

    images

    आन्दोलनका क्रममा अवस्था बिग्रदै गएपछि भीआईपीसहित तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरिएको सेनाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। सो क्रममा २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको बताएको छ।

    images

    सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ। 

    जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले दिएको विवरण अनुसार जेन-जी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका छन्।

    यसैगरी नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले बताएको छ। सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

    यसैगरी सेनाले जेन-जी आन्दोलनमा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend