मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आत्महत्याको ग्राफ बढ्दो : नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या

आत्महत्याको ग्राफ बढ्दो : नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या

images
२०८१ भाद्र २३ गते, आइतवार
२०८१ भाद्र २३ गते, आइतवार
  • काठमाडौँ। पछिल्ला समय नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको पाइएको छ। २०७४/०७५ मा एक वर्षको अवधिमा ५ हजार ३१७ जनाले आत्महत्या गर्दा नेपालमा दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ को हाराहारीमा थियो। तर यो संख्या अहिले बढेर २० पुगेको पाइएको हो।

    images

    प्राप्त तथ्यांकले गत आर्थिक वर्ष अर्थात् २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको देखाएको हो। यो संख्या दैनिक २० जनाको हाराहारीमा हुन आउँछ। आइतबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सो तथ्यांक प्रस्तुत् गरिएको थियो।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत् गरेका हुन्। उनका अनुसार नेपालमा ६ दशमलब ५ प्रतिशत बयस्क तथा र ३ दशमलब ९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको पाइएको छ।

    प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक वर्षको अवधिमा ५ हजार ३१७ जनाले आत्महत्या गर्दा नेपालमा दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ को हाराहारीमा थियो।

    तर यो संख्या आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा दैनिक १९ जना भन्दा बढी पुगेको थियो। यो संख्या आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक भन्दा १४ दशमलब चार प्रतिशतले बढी हो। सो आर्थिक वर्षमा कूल ६ हजार २४१ जनाले आत्महत्या गर्दा दैनिक ग्राफ १७ थियो।

    किन हुन्छ आत्महत्या?

    त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वाथ्य विभाग प्रमुख प्रा. डा. सरोज ओझा आर्थिक, सामाजिक, पारिवारिक र मानसिक (डिप्रेसन) को समस्या नेपालमा आत्महत्याको मूल कारक बन्ने गरेको बताउँछन्।

    उनका अनुसार डिप्रेसन आत्महत्या गर्न सघाउ पुर्याउने प्रमुख मानसिक रोग हो। त्यस्तै बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीले पनि आत्महत्याका घटना बढाउने गरेको छ।

    यस्तै आर्थिक रुपमा आफूलाई कमजोर ठानेर र आफ्ना मनोकांक्षाहरु पुरा गर्न नसक्दा पनि नेपालमा आात्महत्याका घटनाहरु घट्ने गरेको प्रहरीमा भएको घटना दर्ताका कारणले देखाउँछ।

    यसैगरी परिवारमा हुने सामान्य किसिमका झैझगडा आत्महत्याका कारण हुने गरेका छन् भने सामाजिक रुपमा व्यक्तिमा हुने व्यवहार पनि आत्महत्याको कारण बन्ने गरेका छन्। महिलाहरुले भने घरेलु हिंसा सहन नसकेर पनि आत्महत्या गर्ने गरेका छन्। महिलामा आत्मविश्वासको कमी र आर्थीक रुपमा सक्षम नहुनु आत्महत्याको कारण हो।

    यसैगरी पारिवारिक रुपमा भएका केही गम्भीर प्रकारका घटनाका कारण पनि आफन्त वा एकाघरका व्यक्तिले ती घटनाबारे थाहा पाएपछि आत्महत्याका घटना घट्ने गरेको प्रहरी बताउँछ।

    आत्माहत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुदैनन्। अत्याधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन्।

    कतिपय आत्महत्या वंशाणुगत कारणले पनि हुने गर्छ। आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ। काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निणर्यमा पुग् ।

    कसरी रोक्ने?

    त्रिवि शिक्षण अस्पताल महाराजगंजका मानसिक स्वाथ्य विभाग प्रमुख ओझा आत्महत्या रोक्नका लागि सबै भन्दा पहिले व्यक्तिमा उत्पन्न हुने भावनात्मक आवेगलाई रोक्नु पर्ने बताउँछन्।

    व्यक्तिमा तत्काल आउने भावनात्मक आवेगले मानिसलाई आत्महत्याको अवस्थासम्म पुर्याउन सक्छ। त्यस्तो अवस्थामा उसलाई परिवारको सहयोग र समर्थन चाहिन्छ।

    यसैगरी कुनै पनि व्यक्तिलाई समाजबाट हुने व्यवहार वा घटनाबाट पनि उसले आफूलाई आत्महत्या रोक्ने अवस्थासम्म पुर्याउन सक्दछ। त्यसका लागि समाजमा जनचेतनाको अभाव अझै पनि छ।

    घरमा हुने सामान्य झगडालाईसमेत सहज रुपमा व्यवस्थापन गर्न सके आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ। यसैगरी आर्थिक रुपमा देखिने गरेका समस्यालाईसमेत घर व्यवहारमा मिलाउन सक्दा आत्महत्याका घटना कम हुन सक्दछन्।

    यसैगरी व्यक्तिमा देखिने मानसिक समस्याको सही समयमा उपचार हुँदा र मनोचिकित्सकको परामर्शमा पुग्दासमेत आत्महत्याका घटना कम गर्न सकिन्छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ। बिश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापानलाई मानिन्छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउछ। महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो देश हो। विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ बर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ। 

    सरकार र समाजको पनि भूमिका

    आत्महत्या निरुत्साहित गर्न सरकारले पनि उचित ध्यान दिनै पर्छ। आत्महत्याको भावना मानिसमा उत्पन्न हुँदा सहज परामर्श सेवा कहाँ लिने भन्ने समस्या नेपालमा छ। यो व्यवस्थाको सहज पहुँच पनि आत्म हत्या रोक्ने एउटा पाटो हो। त्यस्तो सोच आएका व्यक्तिले तत्काल सेवा पाउँदा आफूलाई नियन्त्रणमा राखेर आत्महत्या रोक्ने प्रयास गर्न सक्छछन्।

    यसैगरी आत्महत्याको न्यूनिकरणका लागि समाजले पनि ख्याल गर्नु पर्ने र परिवार र साथीभाईसँगै आफन्तले पनि ध्यान दिनु पर्दछ। आत्महत्या गर्ने व्याक्तिले अलि फरक व्यावहार देखाउने गर्दछन्। खास गरि मानिस आएको व्यावहार अनुसार उनीहरुलाई हौसला र सहयोग गर्नु पर्दछ।

    ‘कोरोनाका कारण कति मानिस आफन्त गुमाएको पीडामा छन्, कतिले जागिर गुमाएका छन्, धेरैको आर्थिक अवस्था कमजोर बनेको छ, पढाइ धेरैको बिग्रिएको छ, यी सामाजिक तथा आर्थिक कारणले गर्दा पनि आत्महत्या बढेको हो, व्यक्तिले तनाब थेग्न नसक्दा घटना बढेको पाइएको छ ।’ डा. ओझाले भने।

    त्यस्तै सामाजिक र सांस्कृतिक कारणले पनि आत्महत्या गर्ने गरेको उनको भनाई छ। यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend