बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

औषधिको जेनेरिक नाम लेख्नुपर्ने निर्णय अव्यवहारिक : चिकित्सक संघ

औषधिको जेनेरिक नाम लेख्नुपर्ने निर्णय अव्यवहारिक : चिकित्सक संघ

images
२०८२ आश्विन ३१ गते, शुक्रवार
२०८२ आश्विन ३१ गते, शुक्रवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सकले औषधि सिफारिस गर्दा  जेनेरिक नाम उल्लेख गर्नुपर्ने निर्णय अव्यवहारिक भएको बताएको छ।

    images

    संघले शुक्रवार आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको हालको नीति नियमन अनुसार सो निर्णय असान्दर्भिक, अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ।

    images

    औषधि व्यवस्था विभागमा हालसम्म जेनेरिक औषधि नै दर्ता नहुने र ब्रान्डेड जेनेरिक मात्रै विक्री वितरण भइरहेकाले हाल प्रयोगमा रहेका सबै औषधि जेनेरिक नै भएको संघको बुझाइ छ।

    नेपालमा प्रचलनमा नरहेको जेनेरिक औषधि लेख्दा त्यसको गुणस्तरमा शंका हुने र त्यसको असर चिकित्सकको विश्वसनियता र प्रतिष्ठासम्म पर्ने संघको भनाइ छ।

    संघले औषधिमा भरपर्दो नियमन, नीतिगत सुधार, जेनेरिक औषधिहरुको सहज उपलब्धता, डिजिटल सपोर्ट, जनचेतनाको विकास लगायतका सुधार भए जेनेरिक औषधि सिफारिस गर्ने अवस्था बन्नसक्ने सुझाव पनि दिएको छ।

    केहीदिनअघि त्रिवी शिक्षण अस्पतालले आफ्ना चिकित्सकलाई जेनेरिक औषधि लेख्न निर्देशन दिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend