बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिबन्धित भेटेनरीजन्य औषधि आयात गरि बेच्दै आएका कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक पक्राउ

प्रतिबन्धित भेटेनरीजन्य औषधि आयात गरि बेच्दै आएका कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका संचालक पक्राउ

images
२०८२ आश्विन ३१ गते, शुक्रवार
२०८२ आश्विन ३१ गते, शुक्रवार
  • काठमाडौं। नेपालमा प्रतिबन्धित भेटेनरीजन्य औषधि ल्याएर बेच्दै आएका कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक हेमराज बडाललाई प्रहरीले पक्राउ गरेको छ।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बडाललाई प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर बेच्ने गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीले उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको बताएको छ।

    images

    केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एआईजी डा. मनोज केसीले बडाललाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिएका हुन्।

    यसअघि असोज २४ गते बडाल पत्नी तथा कान्तिपुर भेट डिस्ट्रिव्युटर्सकी अध्यक्ष सुना सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै आएको थियो। सुनाको बयानको आधारमा प्रहरीले बिहीबार हेमराज पक्राउ गरेको हो।

    उनीहरू काठमाडौं शंखमुलमा बस्दै आएका छन्। कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो।

    पशु सेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स,भिटामिन, मिनरल र टक्सिन वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको हो। उनीहरूमाथि प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend