बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मंसिरभित्रै महाधिवेशन, हस्ताक्षर अभियान पार्टीको उर्जा : डा.शेखर

मंसिरभित्रै महाधिवेशन, हस्ताक्षर अभियान पार्टीको उर्जा : डा.शेखर

images
२०८२ आश्विन ३० गते, बिहिवार
२०८२ आश्विन ३० गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो । 

    images

    बिहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै उनले नियमित महाधिवेशनमा जोड दिएका हुन्। उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै त्यसले कांग्रेसलाई ऊर्जा दिने पनि बताए।

    images

    डा.कोइरालाले सभापति शेरबहादुर देउवाको मन्तब्यलाई सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी भएको भन्दै तारिफ गरे। उनले जेनजी पुस्ताले उठाएका मागहरुप्रति कांग्रेसले आगामी निर्वाचनमार्फत सम्बोधन गर्नुपर्ने पनि बताए।

    डा. कोइरालाले कांग्रेस पार्टीभित्र एकताको खाँचो रहेको औंल्याउँदै भने, ‘निःसन्देह यतिवेला कांग्रेस भित्र एकताको खाँचो छ, यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ, निर्णय प्रक्रियालाई पारदर्शी र सबैैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ, यसबारे पार्टी भित्र व्यापक बहस, छलफल र विश्लेषण जरुरी छ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend