बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्सहरुकाे समस्या समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन

नर्सहरुकाे समस्या समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन

images
२०८२ आश्विन ३० गते, बिहिवार
२०८२ आश्विन ३० गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री शुशिला कार्कीले नर्सहरुकाे समस्या तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी छन्।

    images

    प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवद्वय डा. विकास देवकाेटा र डिल्लीराम शर्मासँग भेटी नर्सहरुको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएकी हुन्।

    images

    छलफलमा प्रधानमन्त्रीले आन्दोलनरत नर्सहरुलाई न्यूनतम पारिश्रमिक दिलाउने विषयमा गृहकार्य गर्न निर्देशन दिएकाे मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    मन्त्रालयले ताेकेकाे पाँचौ तह सरह तलब सुविधा नपाएको भन्दै अहिले विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन्।

    मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनुपर्ने निर्णय गरेको थियो।

    नर्सहरूले विद्यमान अवस्था कायम रहे देशब्यापी संघर्षमा उत्रने चेतावनी पनि दिंदै आइरहेका छन्। प्रधानमन्त्री कार्की हाल स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend