काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ।
समितिको बुधबार बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो।
समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ।
यस्तै, भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा स्थानीय समय बिहान ११ः५५ बजे, अमेरिका (न्युयोर्क) मा ११ः५५ बजे र लन्डन (बेलायत) मा ११ः३७ बजे शुभ साइत तोकिएको छ।
यूरोप र अमेरिकाका अन्य शहरहरूमा पनि निम्न समयहरूमा भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ।
पेरिस, फ्रान्स मा ११ः२१ बिहान, फ्र्याङ्कफर्ट, जर्मनी मा ११ः४३ बिहान, डेनमार्कमा ११ः२५ बिहान, ओस्लो, नर्वेमा ११ः४३ बिहान, जेनेभा, स्वीट्जरल्याण्डमा ११ः४५ बिहान
टोरन्टो र भ्यानकुभर, क्यानाडामा ११ः२५ बिहान, टेक्सास, अमेरिकामा ११ः५७ बिहानक लागि उत्तम समय निर्धारण गरिएको छ।
यसैगरी क्यालिफोर्नियामा ११ः४१ बिहान र सिकागोका लागि ११ः३५ बिहानको उत्तम समय मानिएको छ।
यसैगरी अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ लगायतका शहरहरूमा अक्टोबर २२ मा नै भाइटीका पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ।
एशियाका देशहरूमध्ये टोकियो, जापानमा ११ः४२ बजे बिहान, सियोल, दक्षिण कोरियाका लागि ११ः२१ जने बिहान, सिंगापुरमा ११ः५८ बिहान, क्वालालम्पुर, मलेसियामा ११ः५७ बिहानका लागि उत्तम साइत निर्धारण गरिएको छ।
यसैगरी बैंकक, थाईल्याण्डमा ११ः४१ बिहान, याङ्गुन, म्यानमारमा ११ः५५ बिहान, अबुधाबी, युएईमा ११ः५५ बिहान र दोहा, कतारमा ११ः५५ बिहानका लागि उत्तम समय छ। यस्तै तेल अभिभ, इजरायलका लागि ११ः४५ बजे बिहानको साइत उत्तम छ।
समितिले शुभ साइत ‘सबैभन्दा उपयुक्त समय’का रूपमा निर्धारण गरिएको जनाउँदै, सो दिन आफू अनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट पारेको छ।



