काठमाडौं। नेपाल नर्सिङ संघले नर्सहरुकाे विद्यमान अवस्थालाई लिएर देशव्यापी संघर्षमा उत्रिने चेतावनी दिएकाे छ।
संघले नर्सहरुकाे तलब र सुविधाकाे विषयमा सरकारलाई देशब्यापी आन्दोलनको चेतावनी दिएकाे हाे।
`हाल विभिन्न स्वास्थ्य संस्थामा भइरहेकाे आन्दाेलनलाई नजरअन्दाज गरिएमा यस संघ देशव्यापी संघर्षका अगाडि बढाउन बाध्य हुनेछ।´ संघद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएकाे छ।
संघ आन्दोलनमा जानुअगावै निजी अस्पताल, प्रतिष्ठान र मेडिकल कलेज लगायतले नर्सहरुलाई सरकारले ताेकेकाे तलब सुविधा दिन बाध्यकारी कदम चाल्नुपर्ने संघकाे माग छ।
विज्ञप्तिमार्फत नभए आन्दोलनको समयमा नर्सहरुले प्रदान गरिरहेको सेवा अबरुद्ध भइ सेवाग्राहीलाई पर्न जाने मर्काको जिम्मेवारी सरकारलाई नै लिन भनिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखाले अस्पतालमा कार्यरत नर्सहरुलाई कम्तीमा सरकारी पाचाैँ तह सरहकाे तलब र साेही बराबरकाे सुविधा दिन निर्देशन दिएकाे छ। संघले भने सरकारले निर्देशन मात्र दिएको तर सहमति पालना नगराएको आरोप लगाएको छ।
ताेकिएबमाेजिम तलब सुविभा नपाएको भन्दै यतिखेर गण्डकी मेडिकल कलेजसहित विभिन्न अस्पतालका नर्स आन्दाेलनमा छन्।
यस्तो छ विज्ञप्ति





