काठमाडौं। गर्मीकाे राेग भनेर चिनिने डेंगी संक्रमण असाेजमा पनि फैलिइरहेकाे छ।
पछिल्ला सात दिनमा मात्रै ५१० जनामा डेंगी संक्रमण पुष्टि भएको ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा (ईडीसीडी)काे तथ्यांक छ।
ईडीसीडीको तथ्यांक अनुसार अक्टाेबर १ देखि १३ सम्म ६९१ जना संक्रमित भएका छन्। जनवरीयता ६ हजार १०६ जना संक्रमित भई ५ जनाकाे मृत्यू भएको ईडीसीडीले जनाएको छ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार ५३५ जना संक्रमित भएका छन्। काठमाडौंमा सातसय जनामा संक्रमण पुष्टि भएको छ। गतवर्ष सन् २०२४ मा कुनैपनि महिना डेंगी केस शून्य नभएको ईडीसीडीकाे तथ्यांक छ।



