बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा बोर्डले सहज बनायो रिफरल सेवा, अब बिमितलाई यी अवस्थामा रिफर नचाहिने

स्वास्थ्य बीमा बोर्डले सहज बनायो रिफरल सेवा, अब बिमितलाई यी अवस्थामा रिफर नचाहिने

images
२०८२ आश्विन २८ गते, मंगलवार
२०८२ आश्विन २८ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बीमितहरुको प्रेषण सेवा सहज बनाउन नौ बुँदे निर्णय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले प्रेषण प्रक्रिया सम्बन्धि आएका गुनासोका आधारमा यस्ता निर्णय गरिएको जनाएको छ।

    images

    जसअनुसार आठ प्रकारका कडा रोगका लागि एक पटक माात्रै प्रेषण आवश्यक पर्ने र सोही रोगको फलोअपका लागि पुनः रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ।

    images

    जसमा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर छन्।

    त्यस्तै, अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाले पनि एकपटक रिफर भइ सोही अस्पतालमा फलोअप गराउँदा पुन: रिफर ल्याउनुपर्ने छैन।

    यसैगरी आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला, जटिल प्रसूति, दम, कडा किसिमको मानसिक रोगी (सिजोफ्रेनिया, बाइपोलर डिसअर्डर) जस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअपमा जाँदा पुन: रिफर नचाहिने व्यवस्था गरिएको छ।

    यस्तै एउटा रोगका लागि गरिएको रिफर सोही रोगका फलोअपका लागि र इमर्जेन्सी उपचार गराएको रोगको थप सेवाका लागि पनि रिफर आवश्यक पर्नेछैन।

    त्यसैगरी, रिफर भइ उपचार गराइरहेको बिरामीलाई सोही क्रममा अर्को परीक्षण गर्नु परेमा बिरामीले एउटै अस्पतालभित्र इन्टरनल रिफर गरी अर्को विभागको सेवा लिन सक्नेछन्।

    तेकिएको स्वास्थ्य संस्थाबाट सेवा अपुग भएमा त्यहीँबाट अर्को नजिकैको अस्पतालमा रिफर गर्नुपर्नेछ। यसो गर्दा सेवाको सुनिश्चितता अनिवार्य गर्न भनिएको छ।

    साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितहरूलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पतालहरूलाई व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको  छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend