बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गण्डकी मेडिकल कलेजका नर्सहरुद्वारा अत्यावश्यक बाहेकका सेवा ठप्प

गण्डकी मेडिकल कलेजका नर्सहरुद्वारा अत्यावश्यक बाहेकका सेवा ठप्प

images
२०८२ आश्विन २८ गते, मंगलवार
२०८२ आश्विन २८ गते, मंगलवार
  • काठमाडौं। कास्कीको गण्डकी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका नर्सहरुले `पेन डाउन´ गरेका छन्।

    images

    आन्दोलनमा रहेका उनीहरूले मंगलबार अत्यावश्यक बाहेकका सेवा ठप्प पारेका हुन्। ईमर्जेन्सी सेवामा मंगलबार बिहान सात बजेसम्म र आईसीयुमा दिउँसाे १ बजेसम्म मात्रै सेवा दिने उनीहरुले बताएका छन्। नियमित र वार्ड सेवा भने ठप्प पारिएको छ।

    images

    अस्पतालले न्यायपूर्ण तलब सुविभा नदिएकाे भन्दै साे अस्पतालका नर्सहरु विगत केही दिनयता निरन्तर आन्दाेलनमा छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखाले अस्पताहरुमा नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी न्यूनतम सरह पारिश्रमिक र सेवा सुविधा दिन निर्देशन दिएकाे छ।

    तर गण्डकी मेडिकल कलेजका नर्सहरुले मासिक १८ हजार रुपैयाँ मात्रै पाइरहेकाे बताएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend