काठमाडौं। सुविधा थैलीभित्रका सेवा बिरामीलाई उपलब्ध नगराइ छुट्टै खरिद गर्न लगाउने स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमा बाेर्डले कारबाही गर्ने भएको छ।
स्वास्थ्य बीमाको प्याकेज भित्रका औषधि, सर्जिकल सामग्री, ल्याब सेवा लगायतमा अस्पतालहरुले अतिरिक्त शुल्क लिएकाे गुनासाे आएपछि बाेर्डले सोमबार गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।
`काे पेमेन्ट´ ताेकिएका बाहेकका सेवा तथा उपचारमा अतिरिक्त शुल्क नलिन बाेर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन समेत दिएकाे छ।
`सेवा सुविधाकाे परिमार्जित दररेट २०८१´ विपरित शुल्क लिएमा ऐनअनुसार कारबाही हुने तथा दाबी भुक्तानी नगरिने पनि बाेर्डले चेतावनी दिएको छ।
बोर्डले सार्वजनिक गरेको पत्रमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न पनि भनेको छ।




