मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा अटाएनन विपिन जोशी, जीवित नरहेको जानकारी

हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा अटाएनन विपिन जोशी, जीवित नरहेको जानकारी

images
२०८२ आश्विन २७ गते, सोमवार
२०८२ आश्विन २७ गते, सोमवार
  • काठमाडौं। हमासद्वारा गाजाबाट नियन्त्रणमा लिइएका नेपाली युवा विपिन जोशीको नाम आज रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा नरहेको प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ले जनाएको छ।

    images

    इजरायलस्थित नेपाली दूतावासलाई समेत विपिनको नाम रिहाईको सूचीमा उल्लेख नभएको जानकारी इजरायली सेनाले दिएको छ। राजदूत धनप्रसाद पण्डितलाई दिइएको जानकारी अनुसार विपिन जीवित नरहेको भनिएको छ।

    images

    बीबीसीका अनुसार रिहाइ हुनेमा  २० जना बन्धकहरुको नाम सार्वजनिक गरिएको छ। सर्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा  बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन्।

    हमासका बन्धकहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा छडिन लागेको हो। बन्धकहरु रिहाइ हुने भएपछि गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रमका प्रतिनिधिहरु पुगिसकेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend