बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हमासले बन्धक बनाएकाहरु आज छुट्ने दावी, विपिनको अवस्था केछ?

हमासले बन्धक बनाएकाहरु आज छुट्ने दावी, विपिनको अवस्था केछ?

images
२०८२ आश्विन २७ गते, सोमवार
२०८२ आश्विन २७ गते, सोमवार
  • काठमाडौं। हमास र इजरबिचको युद्धविरामपछि हमासद्वारा दुई वर्षदेखि बन्धक बनाइएका ब्यक्तिहरुको आज रिहाइ हुने सम्भावनाको दावी गरिएको छ।  युद्धविरामपछि इजरायलमा हमासद्वारा बन्धक बनाइएका ब्यक्तिहरुको रिहाइका लागि आज विषेश समारोह आयोजना हुँदैछ।

    images

    सो समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल जाँदै छन्। हालै भएको युद्धविराम सम्झौतालाई औपचारिक रुपमा कार्यान्वयन गराउने उद्देश्यका साथ आयोजना हुने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन्।

    images

    युद्दविरामपछि हमासले गाजाबाट नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजेका लागि तोकिएको छ। सो अनुसार आज केही बन्धक बनाइएका ब्यक्तिहरुको रिहाइको अपेक्षा गरिएको छ।

    हमासले गाजामा बन्धक बनाएका २२ जना जीवित बन्धकको सूची सार्वजनिक हुँदै आएको छ। सो सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबीगर्दै आइरहेका छन्। यो दाबीलाई लिएर नेपालमा खुसीयाली छाएको छ।

    यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको दाबी गरिएको छ।

    शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको हो। सम्झौताअनुसार इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्नेछ। इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन्।

    सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो। हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परेका थिए।

    गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हमासद्वारा गरिएको आक्रमणपछि हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ।

    यी हुन् इजरायलले जीवित रहेको विश्वास गर्ने गाजाले बन्धक बनाएका २२ जना 

    मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपिन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५)

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend