बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन- जी आान्दाेलनमा भएको संस्थागत र निजी क्षतिकाे विवरण माग्याे आयाेगले

जेन- जी आान्दाेलनमा भएको संस्थागत र निजी क्षतिकाे विवरण माग्याे आयाेगले

images
२०८२ आश्विन २७ गते, सोमवार
२०८२ आश्विन २७ गते, सोमवार
  • काठमाडौं। भाद्र २३ र २४ काे घटनासम्बन्धि जाँचबुझ आयाेगले जेन- जी आान्दाेलनका क्रममा भएको क्षतिकाे विवरण मागेकाे छ।

    images

    आयाेगले आईतवार सूचना निकाल्दै व्यक्तिगत, संस्थागत र राजनैतिक सम्पतिमा भएको क्षतिकाे यकिन विवरण माग गरेकाे हाे।

    images

    सूचनामा क्षति भएको सम्पतिकाे अनुमानित लागत र बिमा समेतकाे अवस्था उल्लेख गरि इमेलमार्फत पठाउन भनिएकाे छ।

    साथमा घटना पुष्टि गर्ने कागजात, फाेटाे, भिडियाे लगायतका प्रमाण पेश गर्नु पर्नेछ सूचनामा भनिएको छ।

    जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा आन्दोलनकारीले सरकारी तथा नीजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गरेका थिए।

    सो क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न अदालतहरु, प्रहरी कार्यालय लगायतमा आगजनी तथा तोडफोड भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend