मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनालाई स्वर्ण पदक

‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनालाई स्वर्ण पदक

images
२०८२ आश्विन २६ गते, आइतवार
२०८२ आश्विन २६ गते, आइतवार
  • काठमाडौं। अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक पाएको छ। संयुक्त अधिराज्य बेलायतमा आयोजित कार्यक्रममा नेपाली सेनाले यो उपाधी पाएको हो।

    images

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिअनुसार, बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको सो अभ्यासमा नेपाली सेनाको टोलीले सर्वाधिक अङ्क हासिल गर्दै स्वर्ण पदक जितेको हो।

    images

    सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा यस वर्ष संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता रहेको थियो। नेपाली सेनाले सन् २०१४ देखि यो अन्तर्राष्ट्रियस्तरको अभ्यासमा सहभागी हुँदै आएको छ।

    दुई दिनको अवधिमा हतियार, करिब ५० पौन्ड (२२ किलो) तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने यस अभ्यासमा टोलीको सैनिक दक्षता, योजना निर्माण, खबर सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका सीपहरूको मूल्याङ्कन गरिन्छ।

    नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९ र २०२४ मा सो प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको थियो। यसपटकको सफलता नेपाली सेनाको उच्च व्यावसायिक क्षमता, अनुशासन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्यको प्रमाणका रूपमा हेरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend