काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आइतबार साँझ वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ९, बोडेका ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८५० रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।



