काठमाडौं। काठमाडौँ महानगरपालिकाले तिहारका लागि फुल बिक्री गर्न महानगर भित्रका ४६ स्थानलाई बिक्री स्थल तोकेको छ।
स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न भन्दै महानगरपालिकाले काठमाडौका विभिन्न सपिङ मल, मार्ट, पार्टी प्यालेस, पार्क लगायतका स्थानलाई फुल बिक्री स्थल तोकेको हो। ती स्थानबाट किसानले आफुले उत्पादन गरेका फुल बिक्री गर्न सक्ने छन।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक संजाल फेसबुकमार्फत सो बारे जानकारी दिएका छन।
शाहले लेखेका छन, `तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन, प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध।´
काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको जनाएको छ।
`गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो। त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो। गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ। यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ।´ महानगरपालिकाका प्रमुख शाहले लेखेका छन।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्ने छन। त्यसका लागि सम्पर्क व्यक्तिको वा महानगर प्रहरी बलको क्षेत्रबाट सहजीकरणको काम हुने महानगरले जनाएको छ।
महानगरले व्यापारीहरूलाई प्लास्टिकका फुल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत अनुरोध गरेको छ। यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले बताएको छ भने सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ।
यी हुन फुल बिक्रीका लागि तोकिएका स्थल
१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे



