काठमाडौं। विश्वभर सन् २०१९ यता मानसिक स्वास्थ्य समस्या तीव्र रुपमा बढेकाे पाइएकाे छ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकाे पछिल्लो रिपोर्ट 'मेन्टल स्टेट अफ द वर्ल्ड' अनुसार हाल विश्वभर एक अर्ब जनसंख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्या लिएर बाँचिरहेका छन्। याे संख्या सन् २०१९ यता उच्च हुँदै आएको छ।
रिपोर्ट अनुसार १ अर्ब १० कराेड मानसिक राेगीमध्ये अधिकांशमा एन्जाइटी र डिप्रेशनकाे समस्या छ। याे समस्या नै विश्वमा अहिले १५ देखि २९ वर्षसम्मका व्यक्तिको आात्महत्याकाे मुख्य कारण बनिरहेकाे छ।
सन् १०२१ मा मात्रै साे उमेर समूहका एन्जाइटी र डिप्रेशनकाे समस्या भएका सात लाख जनसंख्याले आत्महत्या गरेकाे रिपोर्टमा उल्लेख छ।
नेपालमा कुल जनसंख्याकाे ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण-२०२० अनुसार २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासीनताको समस्या देखिएको छ। ती मध्ये ६.५ प्रतिशत वयस्कमा र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच आउने गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।
नाेट: आत्महत्यासम्बन्धी कुनैपनि साेच आएमा सरकारकाे आत्महत्या राेकथाम हटलाइन सेवा ११६६ मा फोन गरी परामर्श लिनुहाेला।



