बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्सलाई न्यूनतम पारिश्रमिक नदिए कडा कदम चाल्ने संघकाे चेतावनी

नर्सलाई न्यूनतम पारिश्रमिक नदिए कडा कदम चाल्ने संघकाे चेतावनी

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • काठमाडौं। नेपाल नर्सिङ संघले न्यूनतम पारिश्रमिक र सरकारले ताेकिएकाे सेवा नदिने अस्पताहरुवविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएकाे छ। 

    images

    संघले ध्यानाकर्षण पत्र जारी गर्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताेकेकाे न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन सराेकारवालाहरुसँग माग गरेकाे छ।

    images

    `अन्यथा नर्सहरुकाे हक हितका लागि कडा कदम चाल्न संघ बाध्य हुनेछ' , ध्यानाकर्षण पत्रमा भनिएकाे छ।

    न्युनतम पारिश्रमिक समेत नदिएकाे भन्दै केही दिनअघि कलेज अफ मेडिकल साइन्स चितवन, मणिपाल शिक्षण अस्पताल लगायतका नर्स आन्दोलनमा उत्रिएका थिए। 

    स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते सबै सामुदायिक  निजी मेडिकल कलेज तथा अस्पताल र प्रतिष्ठानहरुलाई यसबारे परिपत्र गरेकाे थियाे। जसमा तहअनुसार नेपाल सरकारकाे सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिईएकाे थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend