बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पर्सा र बारामा कहाँकहाँ कहिले खुवाइँदैछ हैजा नियन्त्रणको खोप?

पर्सा र बारामा कहाँकहाँ कहिले खुवाइँदैछ हैजा नियन्त्रणको खोप?

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • काठमाडौं। हैजा रोगको प्रकोप फैलिएको पर्सा र बारा जिल्लामा मुखबाट खुवाइने हैजा विरुद्धको खोप खुवाइँदै छ।

    images

    हैजा रोग नियन्त्रणका लागि पर्सा र बारा जिल्लामा १० लाख १८ हजार १०० मात्रा खोप खुवाइने भएको हो। यस वर्ष ती जिल्लामा हैजाको प्रकोप फैलिएकाले रोगको दीर्घकालीन नियन्त्रण र रोकथामका लागि प्रतिकार्य खोप अभियान सञ्चालन गरिएको हो। 

    images

    विश्व स्वास्थ्य संगठन र युनिसेफले सरकारलाई १० लाख १८ हजार १०० मात्रा मुखबाट खुवाइने हैजा (Oral Cholera) खोप गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सो खोप गाभी, द भ्याक्सिन एलायन्सको सहयोगमा र अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) को विश्वव्यापी हैजा खोप भण्डारबाट आपूर्ति गरिएको हो।

    नेपाल सरकारले यो अभियानका लागि आवश्यक खोप, खोप सामग्री र सञ्चालन खर्च अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) बाट सहयोगस्वरूप प्राप्त गरेको छ। 

    अभियान अन्तर्गत पर्सा जिल्लाका सबै पालिकामा असोज २६ गतेदेखि र बारा जिल्लाका ६ वटा पालिका (कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका) मा असोज २८ गतेदेखि खोप कार्यक्रम सुरु हुने छ। यो खोप एक वर्ष उमेर माथिका सबै व्यक्तिलाई दिइनेछ।

    पर्सा जिल्लाको बिरगंज महानगरपालिका र पोखरिया नगरपालिकामा गत महिना हैजा संक्रमण फैलिएको थियो। अझैसम्म पनि बिरगंजमा हैजाको स्रोत पत्ता लागेको छैन भने अस्पतालमा झाडापखालाका बिरामी आउनेक्रम पनि रोकिएको छैन।

    बिरगंजमा हैजा पुष्टि हुनु अघि नै तीन जनाको ज्यान गएको थियो। उनीहरू झाडापखाला लागेर अस्पताल पुगेका थिए। तर उनीहरूको दिशाको नमूना लिन नपाउँदै मृत्यु हुँदा हैजा हो वा होइन भन्ने अन्योल थियो।

    तर त्यसपछि निरन्तर अस्पतालमा बिरामी आउन थालेपछि बिरगंजमा हैजा समुदायस्तरमा नै फैलिएको पुष्टि भएको थियो। बारा जिल्लाका केही स्थानमा पनि हैजा फैलिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend